यस कारण हिट भयो हेमन्तको साइली (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
Gaurab & menuka
अडियोमा निकै हिट भएको गीत ‘साईली’ को भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएको दिन देखि नै यो भिडियो यु ट्युव ट्रेन्डिङमा नम्बर १ मा छ । दुई दिन मै यो गीत युट्यवमा हेर्नेको संख्या १५ लाख पुगको छ भने हामीले यो समाचार तयार पार्द सम्म यो भिडियोको लाईक ४९ हजार छ भने भिडियोलाई कमेन्ट गर्नेहरुको संख्या सात हजार पुगेको छ। यति छोटो समयमै यति धेरै भिअर्स, लाईक अनि कमेन्ट आएको नेपाली गीतसंगीतको ईतिहासमै पहिलो गीत हो साईली ।

केहि समय अघि अडियो सार्वजनिक भए सगै ‘साईली’ बोलको यो गीत भाइरल भएको थियो । विशेषगरी घरपरिवार अनि आफ्ना जीवनसंगीनीबाट टाढा रहेका नेपालीहरुले यो गीतलाई निक्कै रुचाईएको पाईएको छ ।

छोटो समयमा नै सबैको मन जित्न सफल यस गीतको भिडियो गौरव पहारी र मेनुका प्रधानलाई फिचरिङ गरिएको छ। भिडियोमा विदेशमा श्रम बेच्न पुगेको एउटा युवा अनि उसकी श्रीमतीको अवस्था चित्रण गरेको छ ।

हेमन्त रानाको स्वर रहेको ‘साईली’ हिमाल साउद र काली प्रसाद बास्कोटाको शब्द र काली प्रसाद बास्कोटाको संगीत रहेको छ । हेमन्त राणाको निर्देशन रहेको यस भिडियोलाई उज्जवल जोशिले सम्पादन तथा छायांकन गरेका हुन् ।