सुमनको ‘समिप’ विमोचन (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँIMG_0331
गायक सुमन शेखर मानन्धरको नयाँ एल्बम ‘समिप’ सार्वजनिक भएको छ । एल्बममा राजु सिंहको संगीत र दिनेश अधिकारीको शब्द रहेको छ ।
आईतबार राजधानीमा एक समारोहको आयोजना गरी गीती एल्बम समिपको विमोचन गरिएको हो ।
IMG_0330

विमोचन समारोहमा बोल्दै वरिष्ठ संगीतकार दिपक जंगमले सवै संगीतको आआफ्नै स्थानमा आ–आफ्नै महत्व रहेको बताउदै आधुनिक गीत र शास्त्रिय संगीतको संयोजनबाट सृजना भएका नेपाली आधुनिक गीतहरूले नै नेपाली सगीतलाई दिगो बनाउन सक्ने बताए । उनले साधना गरेर आउनेहरुको नेपाली गीतसंगीतमा कहिले पनि हार नहुने समेत बताए ।
IMG_0332
विमोचन समारोहमा एल्बममा समावेश ‘बोल्न पनि’ बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । गीतमा दिनेश अधिकारीको शब्द र राजु सिंहको संगीत रहेको छ । भिडियोलाई जनक दिप पराजुलीले निर्देशन गरेका छन् । ड्रोन क्यामरामार्फत कैद गरिएका सुन्दर दृष्यहरु समावेश भिडियो निकै सुन्दर र आर्कषक देखिन्छ ।

भिडियोमा ड्रोन सुरेश काफ्ले, छायांकन अर्जुन तिवारी, सम्पादन प्रज्वलीत पराजुलीको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.