चलचित्र ‘राज्जा रानी’ घोषणा, को-को हुन् राज्जा र रानी ?


सेलिब्रेटी नेपाल काठमाडौँ
IMG_0334
आर्यन फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा चलचित्र ‘राज्जा रानी’ बन्ने भएको छ । सोसल ड्रामा चलचित्र यही फाल्गुन ५ गतेदेखि छायांकनमा जाँदैछ । आज काठमाडौमा प्रेस मिटको आयोजना गर्दै चलचित्र निर्माण बारे औपचारिक जानकारी दिईएको हो ।

‘राज्जा रानी’ लाई यम थापाले लेखन तथा निर्देशन गर्ने छन् । निर्देशक थापा यसअघि श्रीकृष्ण श्रेष्ठ अभिनित ऐतिहासिक चलचित्र कोहिनुरबाट पटकथा लेखन कार्य सुरु गरी चलचित्र क्षेत्रमा स्थापित भईसकेका छन् । उनले कोहिनुर सहित बीर बिक्रम, के म तिम्रो होईन र, शब्द, रानी लगायतका चलचित्र लेखिसकेका छन् ।
IMG_0338

चलचित्रमा पुरुषोतम प्रधान छायांकन, कविराज गहतराज कोरियोग्राफी, अनुपम शाहा भिएफएक्स, रामशरण काइराला मुख्य सहायक निर्देशक, चन्द्र भट्टराई, दीप्त प्रकाश काष्यप सहायक निर्देशक, गणेश अधिकारी अनलाईन एडिटर, सानु भारती कष्ट्यूम डिजाईनर, मेघा शाही हेयर ड्रसर, सरोज बुढाथोकी मेकअप आर्टिष्ट, अरुण रेग्मी प्रोडक्सन डिजाईनर, मेघराज पौडेल सहायक प्रोडक्सन म्यानेजर, सान थापा पब्लिसिटी डिजाईनर, विष्णु शर्मा मिडिया कोर्डिनेटरको रुपमा रहेका छन् ।

चलचित्रमा राजेन्द्र थापा र यम थापाको शब्द, ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत रहेको छ भने सहिमा श्रेष्ठ, सुमिना तामाङ लामा र नरहरी प्रेमीले स्वरबद्ध गर्ने भएका छन् ।

चलचित्रका लगानीकर्ता रमेश एम.के पौडेल हुन् भने प्रोजेक्ट कोर्डिनेटर गोपाल कटुवाल र लाईन प्रोड्यूसर अनुप भट्टाराई (फरक कोण) रहेका छन् । निर्माता पौडेल डिस होम तथा सिम टिभीका संस्थापक प्रमुख र नेपालकै पहिलो टेरेष्टोरियल प्रविधिमा आधारित १ सय ५० च्यानल सहितको प्रभु टीभिका प्रबन्ध निर्देशक हुन् ।
IMG_0337

चलचित्रमा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र बाल कलाकार अनुज थापा लगायतले अभिनय गर्नेछन् ।

नेपालगञ्जबाट छायांकन शुरु हुने चलचत्रिको सुट अवधि ३५ दिनको राखिएको छ ।
IMG_0349

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.