चलचित्र ‘परदेशी’ अब, युट्युबमा


सेलिब्रेटी नेपाल काठमाडौँ
movie padeshi
नेपाली कथानक चलचित्र ‘परदेशी’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्र शुक्रबार साँझ सार्वजनिक गरिएको हो । ‘गोर्खापल्टन’ निर्माण गरेको टिमले यो चलचित्र बनाएको हो ।

राजेश बंशल र नारायण रायमाझीको प्रस्तुतीमा तयार भएको चलचित्रलाई नारायण रायमाझीले नै निर्देशन गरेका हुन् ।

चलचित्रमा विदेश गएर पीडा भोग्ने महिलाको कथालाई उठान गरिएको छ । चलचित्रमा प्रशान्त तामाङ, नरेन खड्का, रजनी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।