बाहिरीयो ‘दर्पण छाया २’को ट्रेलर


सेलिब्रेटी नेपाल काठमाडौँ
darpan-chhaya2-team-
चलचित्र ‘दर्पण छाया २’को ट्रेलर रिलिज गरिएको छ । चलचित्र अगामी फागुण २७ गतेबाट प्रदर्शन आउँदैछ । चलचित्र साहारा फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको हो भने चलचित्रलाई तुलसी घिमिरले लेखक तथा निर्देशक गरेका हुन् ।

३ मिनेट लामो ट्रेलरलाई संगीतमय बनाईएको छ । सवु कार्की र रवि कार्कीको निर्माणमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोप्साङ लामा हुन् । चलचित्रमा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा रामेश्वर कार्कीको छायांकन, भारती घिमिरे र प्रकाश वराइलीको सम्पादन, रंजित गजमेर र चन्दन लोम्जेलको संगीत छ ।
ट्रेलर हेर्नुहोस्

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.