रोमान्टिक लभस्टोरीमा बन्ने भयो ‘मधु मालती’


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘मधुमालती’ बन्ने भएको छ । आज काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र निर्माण गर्न लागेको चलचित्रका निर्माता शंकर कार्कीले बताएका छन् ।

चलचित्रलाई शिशिर चालिसेले लेखन तथा निर्देशन गर्दैछन् । यो नै चालिसेले निर्देशन गर्न लागेको पहिलो चलचित्र हो । यसअघि चलचित्र निर्देशक शिव रेग्मीको धेरै चलचित्रमा कोडिरेक्टरको काम गरिसकेका चालिसेले आफुले चलचित्र राम्रो बनाउने दावी गरे ।
madhu-malati-cccc

रोमान्टिक लभस्टोरीमा बन्ने चलचित्रमा अनुरुप पोखरेल, कुशुम नेपाल, सविना थापा, केशव भट्टराई, रुपा राना लगायतका कलाकारको अभिनय रहनेछ । नवराज उप्रेतीको छायांकन रहने चलचित्रमा दावा दोर्जे लामा र मिलन सुर्खेतीको संगीत, प्रितम पाण्डेको सम्पादन रहनेछ ।

चलचित्रमा मेलिना राई, किरण गजमेर, मिलन सुर्खेती र दावादोर्जै लामालगायतले स्वरबद्ध गर्ने भएका छन् । चलचित्रलाई काठमाडौँ, ईलाम, हेलम्बु लगायतका रमणिय स्थानमा खिचिनेछ ।

तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रमा श्याम खड्का सह निर्माताको रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.