सन्दीप क्षेत्रि र आर.बि.खत्रीले डमरु बजाउने


सेलिब्रेटी नेपाल काठमाडौँ
रघुनाथ सापकोटा
sandip-damaru
निर्देशक आर.बि.खत्री ‘शरद’को निर्देशनमा चलचित्र ‘डमरु’बन्ने भएको छ । कमेडी जनराको चलचित्रमा सन्दिप क्षेत्रीको मुख्य भूमिका रहने छ भने अन्य कलाकारहरु सार्बजनिक गरिएको छैन।

माघ १९ गते श्री पन्चमीको दिन शुभ मुहर्त गरि चलचित्र फ्लोरमा जाने कुरा निर्देशक आर.बि.खत्री ‘शरद’ले बताए । रमेश पौडेल प्रस्तुतकर्ता रहने चलचित्र आर्यन फिल्म्स र नन स्टप क्रियसनको संयुक्त ब्यानरमा निर्माण हुनेछ । चलचित्रको कथा निर्देशक स्वयंको रहेको छ ।

चलचित्रमा राजनराज शिवाकोटी र दिपक शर्माको संगीत रहनेछ चलचित्रका कास्टिंग डाइरेक्टर सचिन घिमिरे रहेका छन् । कमेडी जनरामा बन्ने चलचित्र ‘डमरु’ मा कमेडी कलाकारमा स्थापित बनेका सन्दिप क्षेत्रिलाइ नयाँ रुपमा प्रस्तुत गर्न लागिएको छ भने अन्य कलाकारहरु पनि चर्चित कलाकार नै रहने बताईएको छ

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.