कृष्ण पौडेलको निर्देशनमा छाड्नु रैछ तिमिले


सेलिब्रेटी नेपाल काठमाडौँ
asmit-paudel
अशोककुमार प्यासीको स्वरमा रहेको छाड्नु रैछ तिमिले बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । रबिन गोलेको रचना रहेको गीतमा शिब थापा मगरको संगीत रहेको छ । कृष्ण पौडेल द्वारा निर्देशित भिडियोलाइ धनराज श्रेष्ठले खिचेका हुन् भने सन्जु राउतले निर्माण गरेका हुन। गायक तथा संगीतकार शिव थापा मगरको संगीत रहेको यस गितमा सिन्धुलीको रमणीय दृश्यहरु लाई कैद गरिएको छ। भिडियोमा अभिनय अस्मित पौडेल मोडल प्रमिला सङ्गै युबराज आचार्य र दीपेन्द्र कार्की को समेत अभिनय हेर्न पाइनेछ।

उदयपुर कटारिको युके एफएम मा प्रबन्धक निर्देशक पदमा कार्यरत पौडेल मन देखि नै अभिनय गर्ने इच्छा र यस क्षेत्रमा केही गरौ भन्ने उदेश्यले लागेको स्पष्ट बताउँछन् । मेरो अभिनयमा साथिभाइ ,घरपरिवार र शुभचिन्तकको प्रेरणामा यो क्षेत्रमा होमिएको बताउँछन् मोडल तथा सन्चारकर्मी अस्मित पौडेल ।आगामी दिनमा पनि यसै क्षेत्रमा लागेर अझ आफ्नो पहिचान उच्च राखी समर्पित हुन्छु भन्छन पौडेल ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.