नीशा र ओसिमाको प्रेममा हसन (भिडियो)


romiyo-hasan-nisha
वि.सं २०७४ साल वैशाख २९ गते प्रदर्शन मिति तोकिएको नव-निर्देशक शंकर कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘रोमियो’को टिजर रिलिज गरिएको छ । प्रेम कथामा तयार भएको यो चलचित्रको टिजरमा यसको उच्च मेकिङ देखिएको छ । चलचित्रलाई एचआरके प्रोडक्शनले निर्माण गरेको हो । चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनुको मुख्य भूमिका छ । नायक हसनराजाको जन्मदिनको अवसर पारेर यो चलचित्रको टिजर रिलिज गरिएको हो ।

टिजरमा हसनका लागि नीशा र ओसिमाको प्रेम आशक्ति देखिएको छ । तर, टिजरले अझै पनि यसको बिषयवस्तु के हो भन्ने खुलाएको छैन । टिजरमा ‘बाबरी’ बोलको गीतलाई हाइलाइट गरिएको छ । यो चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीत अहिले चर्चामा छ ।