निर्माता संघको अध्यक्ष पदमा आकाश अधिकारी निर्विरोध


producer-election
चलचित्र निर्माता संघको अध्यक्ष पदमा आकाश अधिकारी निर्विरोध विजयी भएका छन् । यस्तै, उपाध्यक्ष पदमा गोविन्द शाही र माधव वाग्ले निर्विरोध भएका छन् । शुक्रबारै विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष केशव भट्टराइलाई ल्याइने भएको छ भने सदस्य संख्या ११ जना पुर्यारइएको छ ।

यस्तै, महासचिवमा निर्माता रोज राणा, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा सुशील पोख्रेल निर्विरोध विजयी भएका छन् । सदस्य पदमा पनि ९ जना निर्विरोध नै भएका छन् । निर्माता संघको सदस्यमा करिश्मा मानन्धर, रोहित अधिकारी, अर्जुन कुमार, निकिता पौडेल, दीपेन्द्र के खनाल, भानुप्रताप ढकाल, दीपकराज गिरी, चेतन सापकोटा, रौनक विक्रम कँडेल निर्विरोध विजयी भएका छन् ।

विधान संशोधनपछि निश्चल बस्नेत र सुशान्त श्रेष्ठलाई सदस्य पदमा ल्याइनेछ । यस्तै, अन्य २ जना सदस्यलाई नयाँ कार्यसमितिले मनोनित गर्नेछ । चलचित्र निर्माता संघमा संधै चुनावी लफडा भएको पाइएतापनि यस पटक भने सबै पदमा सर्वसम्मत नै भएको छ । यस्तै, निर्माता संघको नयाँ कार्यसमितिमा यसपटक युवाहरुको टिम आएको छ । जसले, बक्स अफिस र शेयर प्रतिशतलाई मुख्य एजेन्डा बनाउने बताएको छ ।