धुर्मुसकी दिदी निरुलाई पुत्र लाभ


niru-didi
सेलिब्रेटी नेपाल काठमाडौँ
मेरी बास्सै टेलिश्रृंखलामा धुर्मुसकी दिदी बनेर अभिनय गर्ने निरु खड्का ‘निर्मली’ दोस्रोपटक आमा बनेकी छन्। मेरी बास्सैबाट ठ्यासकुमारी नामले समेत चिनिने निरुले यसअघि छोरीलाई जन्म दिएकी थिइन्।

मंगलबार फेसबुकमार्फत् शिशुसँगको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘एउटा लामो प्रसव पीडापछि पुन: एकपटक आमा भैयो। हामीलाई माया गरेर ख्याल गर्नुहुने सम्पूर्णमा हामी स्वास्थ्य रहेको कुरा भन्न चाहें। मायाको लागि सदा नमन।’

हास्य टेलिश्रृंखलाबाट चर्चित भएपनि उनी म्युजिक भिडियो र नाटकमा पनि उत्तिकै सक्रिय छिन्। उनले केही म्युजिक भिडियो निर्देशनसमेत गरेकी छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.