सपना झैँ लाग्छ कर्माण्य गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
karmanya-movie
चलचित्र “कर्माण्य”को गीत सार्वजनिक भएको छ । शुक्रबार युट्युब मार्फत रिलिज गरिएको राजु तामाङको शब्द संगीत र स्वर भएको उक्त गीत र भिडियोले राम्रो प्रतिक्रिया पाउन सफल भएको छ ।विभिन्न च्यारिटी शोहरु गरिरहेको यस चलचित्र आगामी हप्ता देखि पूर्वको यात्रामा निस्कने भएको छ । पूर्वको झापा, बिराटनगर, धरान, इटहरी लगाएत विभिन्न ठाउँमा च्यारिटी गर्न लागिएको यस चलचित्रका निर्माण टीमले बताएका छन् ।

अर्पण बस्नेत द्वारा निर्देशित यस चलचित्रलाई नबिन बाबु गुरुङले खिचेका हुन् । मिस्टरनेपाल सन्दीप पोख्रेल, योबना कार्की, आदित्य शर्मा मिना खड्का शंकर पराजुली लगाएतको अभिनय रहेको यस चलचित्रलाई उज्वल ढकालले सम्पादन गरेका हुन् । काठमाडौँका विभिन्न ठाउँमा च्यारिटी गरेर चर्चा बटुलेको यस चलचित्रलाइ अब देश बिदेशमा समेत देखाइने यसका निर्माण टीमले बताएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.