विचार र मनको सुन्दर भएकीसँग विवाह गर्न चाहन्छु: राजेश पायल


सेलिब्रेटी नेपाल काठमाडौँ
rajesh payal rai
नेपाली संगीत आकाशका भर्सटाइल गायक राजेश पायल राईले आफ्नो बिहे चाडैं नै हुने बताएका छन्। मिडिया एनपीसँगको विशेष अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन्। गायक राईले विचार र मनको सुन्दर भएकीसँग विवाह गर्न चाहेको बताए। उनले भने, ‘ मेरो विवाह धनी र गरीब भए पनि कुनै फरक पर्दैन तर मन र विचारको सुन्दरता अनि नेपाली गीतसंगीतलाई माया गर्ने खालको साथै घरपरिवार र आमाबुवालाई माया बुझ्‍ने खालको भए राम्रो हुन्छ।’

उनले आफूले नेपाली गीत गीतलाई धेरै माया गर्ने भएकाले अहिलेसम्म विवाह गर्न ढिलो भएको बताए। उनले भने, ‘नेपाली गीत संगीतको साधना र देशविदेशमा नेपाली गीतसंगीतलाई सबैमाझ पुर्‍याउने काममा लाग्दा विवाह गर्न केही ढिला भएकै हो तर म विवाह गर्छु। त्यो देश वा विदेशमा पनि हुन सक्छ।’ पुर्ख्‍यौली घर खोटाङबाट काठमाडौं उक्लिएका राजेश नेपाली संगीतमा पनि उतिक्कै उचाईमा उक्लिएका छन्। राजयश पायल राई नेपाली गीतसँगीत उद्योगमा २५ वसन्त पार गरिसकेका छन्।चलचित्र, आधुनिक, पप, लोक तथा विभिन्न भाषाका गीत गाइसकेका राईको आवाज नेपाली जनमानसमा पहिलो रोजाइमा पर्छ। उनले गाएका गीतले श्रोतादर्शकलाई मन्त्रमुगध पार्ने गरेको छ।उनी सबैभन्दा धेरै विदेश घुम्‍ने गायकमा पर्छन्। आफ्नो गायनको अधिक समय उनले नेपाल भन्दा अहिले विदेशमा बिताउने गरेका छा्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.