छक्का पन्जाले बाँड्यो बोनस सहित कदरपत्र


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्रको इतिहाशमा सबै भन्दा बढ़ी पैसा कमाउन सफल चलचित्र ‘छक्का पन्जा’ले सय दिन सफल प्रदर्शन सगै खुसीयाली मनाएको छ । बुधबार ललितपुरमा रहेको भैंसीपाटीस्थित श्रीकाली चौरमा निर्माण समुहले एक सय दिनको खुसीयाली सेलिव्रेशन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा चलचित्रका यूनिटको साथमा विभिन्न चलचित्रकर्मी र पत्रकारहरुको उपस्थिती थियो ।मल्टिप्लेक्समा पहिलो पटक सय दिन मनाउन सफल चलचित्र ‘छक्का पन्जा’ले १६ करोड हारहारीको ग्रस व्यापार गरी सकेको छ।
chakka panja
सेलिव्रेसन कार्यक्रममा कलाकार, प्राविधिक, हलवाला, वितरक र सञ्चारकर्मीलाई सम्मान गरियो भने फिल्ममा आवद्ध प्राविधिकहरुलाई बोनस रकम पनि बाँडियो । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ट्रफी तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

सफलता कार्यक्रममा बोल्दै निर्देशक दीपाश्र निरौलाले दर्शकको माया र सबैको सहयोगमा यो सफलता हासिल गरेको बताइन् । निर्माता तथा कलाकार दीपकराज गिरीले पनि यो सफलता चलचित्र क्षेत्रकै भएको बताए । कार्यक्रममा निर्देशक दिपाश्री निरौला, लेखक, निर्माता तथा अभिनेता दिपकराज गिरी, निर्माता तथा कलाकार जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, निर्माता सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, सुमन भान्जा, कलाकारहरु बसुन्धरा भूषाल, किरण केसी, नायक आर्यन सिग्देल, नायिका बर्षा राउत, छायाँकार पुरुषोत्तम प्रधान, संगीतकारद्वाय राजनराज सिवाकोटी, दीपक शर्मा, कोरियोग्राफर कविराज गहतराज लगायत उपस्थित थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.