धुर्मुस र सुन्तलीले महोत्तरीमा तेस्रो नमुना बस्ती बनाउने


सेलिब्रेटी नेपाल काठमाडौँ
काभ्रे र सिन्धुपाल्चोकमा भूकम्पपीडितलाई एकीकृत नमुना बस्ती बनाएका कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले महोत्तरीमा तेस्रो नमुना बस्ती बनाउने घोषणा गरेका छन् ।‘चरम गरिबीको चपेटामा रहेका महोत्तरी बर्दिबास–२, का मुसहरहरूका लागि एकीकृत बस्ती निर्माण गर्न कम्मर कसेका छौँ,’ फाउन्डेसनले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । फाउन्डेसनले मुसहर बस्ती निर्माणका लागि आर्थिक सहयोग गर्न इच्छुक र दाताहरूलाई अनुरोध पनि गरेको छ ।
dhurmud suntali
आर्थिक सहयोगका लागि कलाकार धुर्मुस सुन्तलीले बैंक अफ काठमाण्डू लुम्बिनीको खाता नम्बर ०१६८००१००३७०२५४ मा रकम जम्मा गर्न युट्युबमार्फत आग्रह गरेका छन् । मुसहर दाउरा बेचेर जीविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छ । ४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरान्चौर एकीकृत नमुना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष घिमिरेले बताइन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.