नातिकाजी स्मृतिमा पुरस्कार घोसणा


सेलिब्रेटी नेपाल काठमाडौँ
नातिकाजी स्मृति समाजको आयोजनामा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९२ औं स्मृति दिवस तथा पुरस्कार घोषणा आइतबार राजधानीमा सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति तथा समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सुगम सङ्गीतको आधार स्तम्भका रुपमा सङ्गीत महर्षि नातिकाजीको नाम युगौयुग रहिरहने बताएका छन् ।
natikaji-samman
कार्यक्रममा बरिष्ठ संगीतकार दीपक जंगम, प्राज्ञ उन्नति बोहरा शीला, हिरण्य भोजपुरे, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञाप्रतिष्ठानका कुलपति भक्तबहादुर श्रेष्ठ (सरुभक्त), बरिष्ठ गीतकार विश्वम्भर प्याकुरेल, बरिष्ठ गीतकार विश्व वल्लभ, बरिष्ठ गीतकार राजेन्द्र थापा, म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा, नरेन्द्र खडका, उमेश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा नातिकाजी सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । सम्मान तथा पुरस्कार यस प्रकार छ–
१. नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान
भजन शिरोमणि भक्तराज आचार्य
२. नातिकाजी राष्ट्रिय बिशेष सङ्गीत सम्मान
बरिष्ठ गायक तथा सङ्गीतकार कल्याण रिमाल, बरिष्ठ गायिका उर्मिला श्रेष्ठ, बरिष्ठ गायक दीपक खरेल, बरिष्ठ सीतारवादक डा.ध्रुवेशचन्द्र रेग्मी, बरिष्ठ गायक आनन्द कार्की
३. नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार
शब्द रचनाः बरिष्ठ गीतकार रमण घिमिरे
सङ्गीतः बरिष्ठ सङ्गीतकार टीका भण्डारी
गायनः बरिष्ठ गायिका देविका बन्दना र गायक रामकृष्ण ढकाल
४. नातिकाजी राष्ट्रिय सङ्गीत संयोजन पुरस्कार
बरिष्ठ सङ्गीत संयोजक अमुल कार्की ढली
५. नातिकाजी राष्ट्रिय सङ्गीत प्रतिभा पुरस्कार
बरिष्ठ सङ्गीतकार आलोकश्री
नेपाली सङ्गीतको विकासमा योगदान पु¥याएवापत सो सम्मान तथा पुरस्कार
प्रदान गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.