हङकङमा नेपाली कलाकारसँगै रमाए प्रवासी नेपाली


सेलिब्रेटी नेपाल काठमाडौँ
हङकङ नेपाल हिन्दू एसोसिएसनको आयोजनामा हङकङको यमुताई शहरमा विशेष सांगीतिक कार्यक्रम भएको छ । यमुताईमा रहेको कम्युनिटी हलमा गजल तथा भजन सहित विविध सांस्कृतिक कार्यक्रम भएको हङकङ नेपाल हिन्दू एसोसियसनकी अध्यक्ष गोमादेवी शर्माले जानकारी दिए । हङकङमा रहेका नेपालीलाई मनोरञ्जन दिँदै नेपाली धर्म,संस्कृति तथा गीत-संगीत जीवन्त राख्न कार्यक्रम आयोजना गरिएको शर्माको भनाइ छ ।
ananda-karki
कार्यक्रममा गायक आनन्द कार्कीले नयाँ तथा पुराना गीत-संगीत मार्फत कार्यक्रममा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा उपस्थित प्रवासी नेपालीे लामो समयको अन्तरालपछि चर्चित कालाकार कार्कीसँगै नाचगान सहित रमाईलो गर्न पाउँदा निकै उत्साहित देखिन्थे ।
shiromani-dawadi
सो अवसरमा नेपालबाटै आएका भजन गायक निर्मल सिलवालले नेपाली तथा हिन्दी भजन प्रस्तुत गरे । हङ्कङमै बसोबास गर्दै आएका कलाकार द्वय नगेन्द्र श्रेष्ठ र हरि श्रेष्ठको साङ्गीतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोमाञ्चकता थपेको थियो।साङ्गीतिक प्रस्तुतिका बिच-बिचमा हाँस्य कलाकार शिरोमणी दवाडीले प्रस्तुत गरेको हांस्य नृत्य तथा एकल हांस्यब्यङ्ग प्रस्तुतिले दर्शकलाई पेट मिचिमिची हसाउन सफल भएको थियो ।