हरितारा चलचित्र पुरस्कार प्रदान


सेलिब्रेटी नेपाल काठमाडौँ
यस वर्षको हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी–पूण्य निरौला चलचित्र पुरस्कार र परिवर्तन सम्मान २०७३ विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरिएको छ ।
harita-puraskar
राजधानीमा आयोजना गरिएको समारोहमा नायीका करिश्मा मानन्धर, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय र डिजाइनर सुन्दर श्रेष्ठलाई हरितारा चलचित्र पुरस्कार २०७३ बाट पुरस्कृत गरिएको हो । तिनैलाई जनहि नगद रु २५०००, ताम्रपत्र र रुद्राक्ष माला लगाएर पुरस्कृत गरिएको थियो ।त्यस्तै यसै वर्ष स्थापना गरिएको दुर्गादेवी–पूण्य निरौला चलचित्र पुरस्कार २०७३ बाट निर्देशक एवं कलाकार सुभाष गजुरेललाई पुरस्कृत गरियो । उनी नगद रु १०००० सहित ताम्रपत्रले पुरस्कृत भएका हुन् ।

सोहि कार्यक्रममा निर्देशक एवं कलाकार सबिन बास्तोला , संगीतकार सन्तोष श्रेष्ठ र डा.श्यामकाजी महर्जनलाई ताम्रपत्र र मालासहित परिवर्तन सम्मान २०७३ बाट सम्मानित गरियो । सम्मान एवं पुरस्कार अर्पण कार्यक्रममा चेतन कार्की, यादव खरेल, भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुषाल, मोहन निरौला जस्ता दिग्गजहरुको आतिथ्यता रहेको थियो । सम्मानित एवं पुरस्कृत सबैलाई व्यक्तित्वहरुले शुभेच्छा प्रकट गरे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.