अस्ट्रेलियामा बनेको अबुनको गोरेटोमा सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
raju-kan
नेपाली गीतको भिडियो बिदेशमा छायांकन हुने क्रम बढेको छ। कतिले बिदेशमा भिडियो गर्ने लहरमा कम गुणस्तरमा भिडियोहरु बनाई रहेका हुन्छन । बिदेशमा बनेका भिडियोहरु मध्येकै उत्कृस्ट भिडियो बनेर यु ट्युब मार्फत सार्बजनिक गरिएको छ ।अस्ट्रेलियाको ‘कुइन्स ल्याण्ड’ सहरको बिभिन्न स्थानमा छायांकन गरिएको उक्त गीतमा निकै सुन्दर अनि मनमोहक दृश्यहरु देख्न सकिन्छ। गायिका ‘अबुन पाण्डे’को नयाँ गीत ‘गोरेटो’ हालसालै पि.एन.पी मिडियाको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। टिका दाहालको संगीत रहेको यस गीतमा पछिल्लो समयमा निकै व्यस्त रहदै आउनु भएका मोडल ‘राजु कान’ले अभिनय गरेका छन भने उनलाई भर्खरै मात्र डेब्यु गरेकी नयाँ अनुहारकी मोडल ‘इरोमा श्रेष्ठ’ले साथ् दिएकी छिन।

मायाको निकै सुन्दर शब्द अनि मायाकै परिभाषा ब्यक्त गरेको यस गीत सार्वजनिक हुनु अघिनै सबैले मन पराएका थिए। माया जतिनै टाढा भएपनि, साथनै छोडेर गए पनि माया कहिलै नमर्ने अनि माया मायानै रहने कुरा यस गीतले बर्णन गरेको छ। यस गीतको छायांकन ‘ड्रोन’बाट निकै कठिन गरी गरिएको हो। त्यस्तै यस गीतको निर्देशन र छायांकन भने जीवन रसाइलीको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.