दिप्सनको गीतमा विवशको छमछमी


सेलिब्रेटी नेपाल काठमाडौँ
bibash-pandey
केही महिना अगाडि ‘ॐ नमः शिवाय’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका यूवा गायक दिप्सन क्षेत्रीले आफ्नो आवाजमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन्। ‘छम छम’ बोलको गीतमा गायक दिप्सनकै शब्द तथा संगीत रहेको छ भने भिडियोमा विवश पाण्डे र सारा गौलीले अभिनय गरेका छन्। उनीहरुलाई सम्बोधन ग्रुपका कलाकारहरुले नृत्यमा साथ दिएका छन्।
ललित केसीको निर्देशनमा तयार भएको भिडियोलाई दर्शकहरुले मन पराउनेमा गायक दिप्सन विश्वस्त देखिएका छन्। यो गीत दिप्सनको एल्बम दीपमा समावेश छ।

Copyright © 2012 - 2026 | All Right Reserved.