‘मेरो पैसा खै’ ‘भुतनाथ’ निर्देशकको नेपाली प्रोजेक्ट


सेलिब्रेटी नेपाल काठमाडौँ
paisa-khai-rose
नेपालबाट थुप्रै व्यक्तिहरु बलिउडमा पुगेर काम गरेर आफ्नो नाम र दाम कमाउन सफल भएका छन् । बलिउड फिल्म ‘भुतनाथ’ निर्देशक विवेक शर्माले नेपाली चलचित्र निर्माणको घोषणा गरेका छन् । वलिउडका सुपरस्टार अमिताभ बच्चन र शाहरुख खानलाई एक्शन कट गरेका निर्देशक शर्माले निर्देशन गर्ने नेपाली चलचित्रको नाम ‘मेरो पैसा खै’ राखिएको छ । कमेडी जनरामा बन्ने फिल्मले पैसाले हरेक ब्यक्तीको जीवनमा पर्ने प्रभावको कथा उठाउने निर्देशक शर्माले बताए ।

रोज राणाले निर्माण गर्ने यो फिल्म नेपालीसँगै हिन्दी, फ्रेञ्च, जर्मन, तामिल, अंग्रेजी लगायतका ११ भाषामा डबिङ भई रिलीजमा आउने छ । पुष महिनामा छायाकन मा जाने यो चलचित्रका कलाकारहरुको छनोट हुन बाँकी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.