दुबईमा पनि अब निरन्तर रुपमा नेपाली चलचित्र प्रर्दशनको सुभारम्भ गरीएको छ । दुबईमा पनि सेन्सर गरेर अरबीक सब टाईटल राखेर हलिउड र बलिउडका चलचित्र जस्तै सुबीधा सम्पन्न चलचित्र भवनमा प्रर्दशन हुने भएको छ । पहिलो चरणमा चलचित्र विर विक्रम १६ वटा हलमा ३,३ सो चलेको छ । अधिकांस हलमा हाउसफुल पनि भएको छ, चलचित्र विकास बोर्डको पहल र सहयोगमा कन्सेप्ट भिजन प्रा.लि ले अब नेपालमा जस्तै गरी चलचित्र चलाउन सुरु गरेको हो ।