पशुपति प्रसाद पछि खगेन्द्र धनपति


dhanapati-nepali-film
सेलिब्रेटी नेपाल काठमाडौँ
निर्देशक दिपेन्द्र के खनालले नयाँ चलचित्र ‘धनपति’ बनाउने घोसणा गरेका छन्। निर्देशक खनालले सामाजिक सञ्जाल फेसबुकमा चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन। चलचित्र ‘धनपति’को कथा,पटकथा तथा संवाद खगेन्द्र लामिछानेको रहने छ। दिपेन्द्र के खनालको प्रोडक्सनसँग टुकि आर्टसले सहकार्य गरेर चलचित्र निर्माण गर्न लागिएको हो।

‘धनपति’ मा रोजीना सिटौलले लगानी गर्ने छिन् भने रजना नापित र समीर देवकोटा चलचित्रमा सह-निर्माताको रुपमा रहने छन्। यस्तै ओम गुरुङ चलचित्रको सहायक निर्माताको रुपमा रहने छन्। ‘धनपति’मा मुख्‍य नायकको भूमिका खगेन्द्र लामिछानेको रहनेछ भने बाकीँ कलाकारको खोजी भइरहेको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ।आउँदो माग महिनादेखि शुटिङ सुरु गरिने चलचित्र २०७४ सालमा प्रदर्शनमा आउने बताइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.