पुजा र पलको जोडी कत्तिको जम्ला ?


puja-sharma-pal-shaha
सेलिब्रेटी नेपाल काठमाडौँ
लभ स्टोरी चलचित्रमा जमेका निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको आगामी चलचित्रमा मोडल पल शाह नायकको रुपमा सेलेक्ट भएका छन् । भव्य कार्यक्रम गरेरै औपचारिक रुपमा नयाँ चलचित्र निर्माणको घोषणा गर्ने तयारीमा रहेका निर्देशक थापाले यो चलचित्रमा समेत नायीकाको रुपमा पुजा शर्मालाई लिने भएका छन् । अन्य थुप्रै चलचित्र खेलेर पनि सफलता पाउन नसकेकी पूजाले चलचित्र प्रेम गीतमा गरेको गीत क्यारेक्टरलाई दर्शकले रुचाएका थिए । सो चलचित्रको छायांकन तिहार पछि हुने छ भने चलचित्र प्रेम कथामा निर्माण हुनेछ । पुजा र पलको जोडी लाइ दर्शकले कति रुचाउने हुन् त्यो त पछी नै थाहा हुनेछ ।