लेखनाथ पौड्याल


  • लेखनाथ पौड्याल
  • जन्म १९४१ साल पुस १५ गते
  • जन्म स्थान- कास्कीको अर्र्घौअर्चले
  • पिता-दुर्गादत्त पौड्याल
  • माता- वसुन्धरादेवी पौड्याल
  • मृत्यु-२०२२ साल फागुन ७ गते

पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईख र दधिराम मरासिनीको स्नेह,सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमा आफूलाई पुर्याएका थिए । पौड्याल आफू पन्ध्र वर्षको हुँदा काठमाडौँको तीनधारा संस्कृत पाठशालामा भर्ना भए । उनको ज्ञानका कारण बनारसबाट प्रकाशित ‘सूक्तिसूधा’ र ‘कविताकल्पद्रुम’मा उनका नेपाली र संस्कृत भाषामा कविता छापिए । साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे । पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए । उनका कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् । उनका कृतिगत योगदानले उनी नेपाली परिवेशमा र्सवत्र फैलिए । त्यसैले साहित्यप्रतिको कदरस्वरूप उनलाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार पनि प्रदान गरियो ।

राणाकालीन युगमा खुलेर साहित्य लेख्न पाइँदैनथ्यो । राम्रा सृजना पनि आगोमा झोस्नुपथ्र्यो या त स्रष्टाले चिसो खोरमा सुत्न जानुपथ्र्यो । त्यसैले पौड्यालले जति लेखे धेरै लेखे । यसै प्रसङ्गमा उनी आफै भन्थे “मेरो समयमा त म एक्लो जस्तै थिएँ । त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो । तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !” पौडयालले दुई जनासँग बिहे गरे । उनका छोरा अनन्त पौडयाल नेपाल सरकारका सचिव भए । साथै उनका दुई छोरी पुण्यप्रभादेवी ढुङ्गाना र कुन्तिदेवी भट्टराईले पनि साहित्यमा आफूहरूलाई उभ्याए । पौडयालको स्वास्थ्य क्रमशः खच्किन थाल्यो । खास गरेर २०२० सालपछि उनको देब्रे आँखालाई मोती विन्दूले ढपक्कै छोपेको थियो; त्यसैले उनी एउटा आँखामात्र देख्थे । २०२२ सालमा उनी तीर्थ गर्न बनारस लागे । तर भारतको रक्सौलमा पुगेपछि उनी थला परे । अनि उनले भने “अब म मर्छु । म मर्न मेरै देशमा र्फकन्छु ।” त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणीनदीमा ल्याइपुर्याइयो । उनको त्यो समाचार राजा महेन्द्रले सुनेर उपचारार्थ तुरुन्तै दस हजार रुपियाँ पठाइदिए । अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भए ।