एल.जी फिल्म अवार्ड सम्पन्न पशुपतिप्रसाद उत्कृस्ट


सेलिब्रेटी नेपाल काठमाडौँ
priyanka-karki
पहिलो ‘एलजी फिल्म अवार्ड’ २०७३ बुधवार आर्मी अफिसर्स क्लब काठमन्डौमा सम्पन्न भएको छ। नेपाली फिल्म क्षेत्रका २० विधालाई सम्मान गरिएको अवार्डमा ‘पशुपती प्रसाद’ उत्कृष्ट फिल्म घोषित भयो । लाइफटाइम अचिभमेन्ट अवार्ड उद्धवराज भटटराई (जुङ्गे)लाई प्रदान गरिएको छ। नायिका करिश्मा मानन्धरलाई पनि विशेष सम्मान प्रदान गरियो। उनले ३ दशक भन्दा बढी समयदेखी नेपाली फिल्ममा पुर्याएको योगदानको सम्मान गर्दै पुरस्कृत गरिएको हो। यस्तै बर्षको पपुलर हिरो तर्फ अनमोल केसी र हिरोईनमा रेखा थापा घोषित भइन् । अवार्ड वितरणको प्रमुख अतिथी वलिउड अभिनेता सत्रुघन सिन्हा थिए भने कार्यक्रममा सत्रुघनको बायोपिक पुस्तक ‘खामोस’ पनि बिमोचन गरियो ।
arjun-pokhrel
‘ एलजी फिल्म अवार्डका विधा र विजेताहरु:

उत्कृष्ट फिल्मः पशुपतिप्रसाद

उत्कृष्ट निर्देशकः दिपेन्द्र के खनाल( पशुपतिप्रसाद)

उत्कृष्ट अभिनेताः दयाहाङ राई

उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ

उत्कृष्ट कोरियोग्राफीः रेनशा वान्तवा राई (प्रेमगीत)

उत्कृष्ट म्युजिक डाईरेक्टरः अर्जुन पोखरेल (प्रेमगीत)

उत्कृष्ट एक्शन निर्देशकः हिमाल केसी (भैरव)

उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल (क्लासिक)

उत्कृष्ट स्कृनप्लेः, खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)

उत्कृष्ट व्याकग्राउण्ड स्कोररः एलिस कार्की (प्रेमगीत)

पपुलर गीतः सुर्के थैली (वडा नम्बर ६)

उत्कृष्ट कलरिष्टः क्लासिक(अनन्त घिमिरे)

उत्कृष्ट भिएफएक्सः च्याम्पियन (अक्की शर्मा, सत्यम राना)

उत्कृष्ट कपल अफ दि ईयरः प्रेमगीत ( प्रदिप खड्का, पूजा शर्मा)

उत्कृष्ट स्टण्टः भैरव (सिम्पसन तामाङ)

उत्कृष्ट ट्रेलरः भैरव (साहिल खान)

उत्कृष्ट पोस्टरः वडा नम्बर ६ (सुन्दर श्रेष्ठ)

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.