छुल्ठिमको डायरीमा रेखा थापा


सेलिब्रेटी नेपाल काठमाडौँ
भिजे, गयिका हुदै अभिनयमा आईपुगेकी छुल्ठिम गुरुङले अब चलचित्र निर्माण गर्ने भएकी छिन् ।नोभेम्बर रेन मार्फत अभिनय यात्रामा आएकी गुरुङले निर्माण गर्ने सिनेमाको नाम ‘डायरी’ राखिएको छ । मंगलवार औपचारिक कार्यक्रमको आयोजना गर्दै डायरी निर्माण घोषणा गरिएको हो । यो सिनेमालाई अनिल योन्जनले निर्देशन गर्दैछन् जसमा अभिनेत्री रेखा थापा, नव अभिनेता सन्नी सिंह अनि छुल्ठिम स्वयं मुख्य भूमिकामा देखिने छन । उनीहरु संगै चलचित्रमा राजु लामा ,कुसल बिष्ट, दिनेस डिसी ,रुपा राणा, बिनोद पौडेल लगायतको अभिनय रहनेछ ।
chulthim-gurung-diarry
काठमाडौँ ,सिमरा र बिरगंजमा छायांकन हुने चलचित्रको भाद्र २६ बाट सुटिंग सुरु हुनेछ । चलचित्रमा छेतेन गुरुङको कथा ,प्रविन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठको छायांकन अनि गम्भीर बिष्टको कोरियोग्राफी रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.