नयाँ प्रयोग सहित केहि गर्न सक्छु होला (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
umang-shahi
थुप्रै म्युजिक भिडियो छायांकन गरिसकेका सिनेम्याटोग्राफर उमंग शाही अब निर्देशक पनि बनेका छन्। रोनिश महर्जनको शब्द तथा संगीत रहेको साइड बि ब्यान्डको केहि गर्न सक्छु होला बोलको भिडियो सार्बजनिक भएको छ । सुरेश बज्राचार्यले छायांकन गरेको भिडियो लाइ सम्पादन पनि निर्देशक उमंगले नै गरेका हुन् भने भी.एफ.एक्स.क्रिजन श्रेष्ठले गरेका छन्। हिजो आज बजारमा आइ रहेका म्युजिक भिडियो भन्दा यो भिडियोलाई फरक तरिकाले निर्माण गरिएको छ । भिडियोमा भिज्युल इफेक्ट्स हरु प्रयोग गरिएको छ । भिडियोमा धेरै भाग हरु ग्राफिक्स गरिएको छ ।