चलचित्र द फेमस गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
the-famous
चलचित्र ‘द फेमस’को गाजुल ती आँखा बोलको गीत सार्वजनिक गरिएको छ । सबै गीत एनिमेशन गरिएको चलचित्र द फमेसलाई संचारकर्मी तथा निर्देशक समीर बलामीले निर्देशन तथा निर्माण गरेका हुन् । चलचित्रको गाजलु ती आँखा बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सन्तोष प्रगाढको संगीत तथा गायक दिपक लिम्बु र गायिका चन्दा केसीको स्वर रहेको छ । शब्द रचनाकार शंकर अधिकारी घायल हुन् । सार्बजनिक गीतमा सविना कार्की, सुरवि जैन विष्ट र सुमन थापाले अभिनय गरेका छन् । अशोक कार्कीले खिचेको गीतलाई सुधिर श्रेष्ठ र सुरेश चौधरीले निर्देशन गरेका हुन् । चलचित्रको प्रमूख कलाकार भने प्रमोद खड्का, सुरवि जैन विष्ट, सोनिया जिआर हुन् । चलचित्र कार्तिक १९ गते बाट प्रदर्शन हुने छ ।