दिपेन्द्र के खनाल पहिलो पटक लभ स्टोरीमा लभ लभ लभ घोसणा


सेलीब्रेटी नेपाल काठमाडौँ
love-love-love
पछिल्लो समय लगालग सफल चलचित्र दिन सफल निर्देशक दिपेन्द्र के खनालले पहिलो पटक लभ स्टोरी कथामा चलचित्र‘लभ लभ लभ’ निर्देशन गर्ने भएका छन् । पशुपति प्रसाद जस्तो सफल चलचित्रका निर्देशक दिपेन्द्र के.खनालले जहिले पनि फरक फरक कथामा चलचित्र बनाउन रुचाउने व्यक्ति हुन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर उक्त चलचित्र निर्माण गर्ने औपचारिक घोषणा गरिएको हो । दिपेन्द्रकै लेखन रहने चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डे मुख्य भूमिकामा रहनेछन् ।अमृत पाण्डेको प्रस्तुति रहने सो चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् । चलचित्रमा स्वस्तिामा र सुरजसँगै देशभक्त खनाल, लक्ष्मी भुषाल, रमेश बुढाथोकी, रुपा राणालगायतका कलाकारको अभिनय रहने छ । यही भदौको ९ गतेबाट चलचित्रको छायाँकन सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.