हिरोइनकि छोरि हिरोइनमा डेब्यु गर्दै


सेलिब्रेटी नेपाल काठमाडौँ
नायिका उमा बेबिकी छोरी सिवानी गिरी चलचित्र क्षेत्रमा भित्रिदैछिन् । उमा फिल्मस्को ब्यानरमा निर्माण हुन् लागेको नाम फाइनल नभएको चलचित्र मार्फत उनि चलचित्र नगरीमा भित्रिन लागेकी हुन् । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र बन्ने घोषणा गरिएको हो । सविर श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा उमा वेवीको लगानी रहनेछ । चलचित्रमा शिव ढकालको छायांकन, सचिन सिंहको संगीत रहनेछ । चलचित्रमा नायक भूवन केसी र मोडल नम्रता योगी मुख्य भूमिकामा रहने पक्का भएको छ ।
siwani-giri
सिवानी ‘मिस भारत वर्ल्ड २०१६’को फस्ट रनरअप, मिस भारत सिक्किम २०१६ को विनर, मिस भारत हिमालया २०१६ को विनर समेत हुन् । सिवानीको जन्मदिनको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै नायक भूवन केसीले चलचित्रको कथावस्तु मन परेकाले आफूले काम गर्न लागेको जानकारी दिए ।कार्यक्रममा बोल्दै सिवानीले विभिन्न सौन्दर्य प्रतियोगीता जितेपछि आफूलाई अभिनयले आकर्षित गरेको बताइन् । उनले आमा र हजुरआमाको प्रेरणाले यो क्षेत्रमा आउन लागेको जानकारी दिइन् ।