सेलिब्रेटी नेपाल काठमाडौँ
भारतीय गायक गायिका हरुले नेपाली गीत त थुप्रैले गाएका छन् केहि बर्ष अघि सम्मका प्राय सबै जस्तो नेपाली चलचित्रमा पार्श्व गायनमा इन्डिएन गायक गायिका हरुकै बर्चस्व रहेको थियो । नेपाली गायक नारायण बाबु कोइरालाले हिन्दि गीतमा आवाज दिएका छन् र उक्त गीतको भिडियो सार्बजनिक गरिएको छ । नेपालमा रेकर्ड गरिएको गीतको भिडियो पनि नेपालमा नै निर्माण गरिएको हो । बिपिन रिजालले छायांकन,सम्पादन र निर्देशन गरेको भिडियोमा पियुष कर्ण,अनामिका आनन्द र मनिष कुमारको अभिनय रहेको छ । पियुष कर्ण र मनिष कुमारको शब्द रचना रहेको गीतमा पियुष कर्ण कै संगीत रहेको छ ।