महिला हिंसालाइ समेटेको झुम्की यस्तो छ ट्रेलर


सेलिब्रेटी नेपाल काठमाडौँ
jhumki poster
महिला हिंसाको कथालाई समेटेर बनाइएको चलचित्र ‘झुम्की’को ट्रेलर सार्वजानिक भएको छ । ट्रेलर महिला हिंसा सम्बन्धि घटनाको अनुसन्धान देखाइएको छ । निर्माण तथा निर्देशन अपिल विष्टको रहेको सो चलचित्रको कथा भने रामबाबु गुरुङको रहेको छ । दयाहाङ राई, रिष्मा गुरुङ, मनोज आरसी, भोलाराज सापकोटा, विजय बराल, प्रमोद अग्रहरि, मेलिना जोशीलगायतका कलाकारको अभिनय रहेको चलचित्रको ट्रेलरमा निश्चल बस्नेतलाई पनि देखाइएको छ । आउँदो असोज ७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रमा  काली प्रसाद बास्कोटा र हेमन्त राणाको संगीत रहेको छ । चलचित्रलाइ अपिल बीस्ट फिल्म्स र सिनेमा आर्टसले मिलेर निर्मण गरेको हो।  सैलेन्द्र कार्कीको छायांकन रहेको चलचित्रलाइ निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.