एक्टिङ कम्पिटिसन ६० जना अन्तिम प्रतिस्पर्धामा


सेलिब्रेटी नेपाल काठमाडौँ
‘नेशनल एक्टिङ कम्पिटिसन २०१६’को पहिलो चरणको अडिसन सकिएको छ। यो कम्पिटिसन युवा युवतीको अभिनय कलाको पहिचान गरि नेपाली चलचित्र तथा अभिनय जगतमा ल्याउने उदलेश्यले आयोजना गरिएको हो। गत असार २२ गते राजधानीबाट सुरु भएको अडिसन देशका बिभिन्न शहर हुँदै पुन राजधानीमा आएर सकिएको हो। विभिन्न क्षेत्रमा आवद्ध करिव एक हजार भन्दा माथिकाले अडिसनकालागी आवेदन दिएको भएता पनि करिब ४०० जना मात्र अडिसनमा सहभागि भए। ति मध्येबाट ६० जना अन्तिम प्रतिस्पर्धाका लागी छनौट भएका छन्।
acting-compition
अभिनेता दायाहाङ राई, अभिनेत्री रिचा शर्मा, रंगकर्मी अनुप बराल र कलाकार टिका पहारीले संयुक्त रुपमा ति प्रतियोगीहरुलाई ‘नेशनल एक्टिङ कम्पिटिसन २०१६’को अन्तिम प्रतिस्पर्धाकोलागि चुनेका हुन्। छानिएका सहभागीहरुलाइ अन्य चर्चित कलाकारहरुले प्रशिक्षण दिनेछन्। अन्तिम प्रतिस्पर्धामा टप ४०, टप २०, टप १० र टप ५ गर्दै उत्कृष्ट एक विजेता छानिने छ। विजेताले चलचित्र, म्युजिक भिडियो, बिज्ञापनमा अभिनय अवसरका साथै नगद र बिभिन्न उपहार पनि प्राप्त गर्ने बताईएको छ। यो रियालिटी सो नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.