लण्डनमा हुने ‘फेस अफ दी वल्ड २०१७’मा नेपालबाट पियूस सहभागी हुने


सेलिब्रेटी नेपाल काठमाडौँ
पछिल्लो समय नेपालबाट पनि विदेशमा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपाली यूवा–यूवतीहरुले भाग लिदै आइरहेका छन् । “मिस नेपाल” ले “मिस वल्ड” मा सहभागी हुने, “मिष्टर नेपाल” ले “मिष्टर वल्ड” मा भाग लिइरहेको अबस्थामा लण्डनमा हुन लागेको “फेस अफ दी वल्ड २०१७” मा पहिलो पटक नेपालबाट मोडल पियूस कर्णले सहभागीता जनाउने भएका छन् । १७ सेप्टेम्बरबाट लण्डनको बर्लिङ्गटन होटलमा हुने फेस अफ दी वल्डमा पहिलो पटक सहभागी हुन लागेका पियूसले आफु “फेस अफ दी वल्ड” मा सहभागी हुन पाउँदा खुसी महशुस गरेको बताए । मिष्टर राजधानी नेपाल २०१५ को विजेता, मिष्टर करर्नाटका बैंङलोर २०१४ को विजेता समेत भइसकेका पियूसले आफु फेस अफ दी वल्डको विजेता भएरै नेपाल फर्किने बताए ।
model-piyush
उनले भने –“लामो समयको मेहेनतपछि मैले सोचेको कार्यक्रममा सहभागी हुन पाउँदैछु । मलाई विश्वास छ यस बर्षको फेस अफ दी वल्ड म नै जित्नेछु ।” उनले विश्वसामु नेपाललाई चिनाउनका लागि पनि आफ्नो सहभागीता फेस अफ दी वल्डमा हुन लागेको बताए । नेपालको पहिलो हिन्दी एल्बम “सासे” को दोस्रो गीत “दवी दवी सी” को हालै छायाँकन सकाएका पियूसले आधा दर्जन बढि म्यूजिक भिडियोमा काम गरिसकेका छन् । नेपाल र भारतका विभिन्न ठाउँमा भएका र्याम्प शोमा समेत आफ्नो बाक्लो उपस्थिती जनाइसकेका पियूसले नेपालका केही फेसन शोको निर्णायक भएर पनि काम गरिसकेका छन् । विरगंज घर भई हाल काठमाडौंमा बस्दै आएका उनले बैंङलोरबाट नै उच्च शिक्षा हासिल गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.