पहिलो म्युजिक भिडियो अवार्ड युएइमा


सेलिब्रेटी नेपाल काठमाडौँ
पहिलो पटक अन्तरराष्ट्रिय रुपमा विदेशमा नेपाली म्यूजिक भिडियो अवार्ड आयोजना हुने भएको छ । सेप्टेम्बर ९ अर्थात भदौ २४ गते यूएइको अवुधावीमा यो अवार्ड आयोजना हुन लागेको हो । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा अवार्डको तयारी र कार्यक्रम शैलीको बारेमा जानकारी दिइयो । संगीक्षा फिल्मस्को आयोजनामा यूएइको नमस्ते ट्राभल्स्ले अवार्ड आयोजनामा सहकार्य गर्नेछ । यूएइबाट पत्रकार सम्मेलनका लागि नेपाल आएका महेश गिरी र एकेन्द्र थापाले अवार्डको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै थापाले आफू यूएइ फर्किएपछि अवार्डको प्रचार र तयारी सुरु गर्ने बताए । उनले नेपाली कला र संकृतीलाई विदेशमा पनि अगाडि बढाउन अवार्डको आयोजना गर्न लागिएको जानकारी दिए ।
video-award
संगीक्षा फिल्मस्का अध्यक्ष तथा अवार्ड आयोजना गर्न लागेका मनोज केसीले चलचित्रपछि आफूले म्यूजिक भिडियोको अवार्डमा हात हालेको बताए । उनले आफूले पैसा कमाउन भन्दा पनि मलामी कमाउनका लागि यस्ता खालका कार्यक्रम गरेको हुनाले अवार्डमा कुनै धादली नहुने स्पष्ट पारे । पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड’मा १७ विधामा अवार्ड प्रदान गरिदैछ । अवार्डमा सहभागी हुनका लागि ५० जनाको कलाकार र पत्रकारको टोली यूएइ पुग्नेछन् ।