सेलीब्रेटी नेपाल
बलिउडका कमेडियन राजपाल यादवलाई भारतको सर्वोच्च अदालतले जेल सजाय सुनाएको छ । अदालतले ६ दिनको जेल सजाय सुनाएको हो । यादवले सन् २०१० मा फिल्म ‘अता पता लापता’ बनाउन दिल्लीको मुरली प्रोजेक्ट्स नामको कम्पनीबाट ऋण लिएका थिए । दिल्ली अदालतमा मुद्धा चल्दै थियो, दिल्ली अदालतले राजपाललाई झुटो सावित गरेपछि राजपाल सर्वोच्च पुगेका हुन । झुटो विवरण दिएकोमा सन् २०१३ मा दिल्ली उच्च अदालतले १० दिनको सजाय सुनाएको थियो । उनले २०१३ मा ४ दिन ३ डिसेम्बर देखि ६ डिसेम्बरसम्म जेलमा बिताइसकेका छन् ।