अष्ट्रेलिया,दुबई र नेपालमा खिचिएको विनर ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘द विनर’को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्रको निर्माण पक्षले सोमबार सामाजिक संजाल युट्युब मार्फत ट्रेलर सार्बजनिक गरेको हो ।बर्षको सुरुवात देखि नै हलिउड र बलिउड फिल्मको स्तरमा बनेको चलचित्र भन्दै चलचित्र जगतमा चौतर्फी चर्चा चुलिएको छ । सार्बजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार महेशमान श्रेष्ठ,पुर्ब मिस नेपाल मलिना जोशी,रोयल मास्के,मन्चिन शाक्य,राजकुमार पन्त, रेशु तामाङ र अमित गिरीलाई स्थान दिईएको छ ।
the-winner
अष्ट्रेलियामा चलचित्रको भब्य रेड कार्पेट प्रिमियरको तयारीमा रहेको निर्माण पक्षले सार्बजनिक ट्रेलरलाई आम दर्शकले रुचाउने विश्वास लिएको छ । हिक्मत बिष्ट निर्देशित तथा अष्ट्रेलिया,दुबई र नेपालमा छाँयाकन गरिएको चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी,बिकास खरेल,रितेश राणा,सृजना शाह,रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई अष्ट्रेलियन सिनेमेट्रोग्राफर एन्टोनी मिखो र पुरुशोतम प्रधानले खिचेका हुन ।