कुमारले गरे जन्मदिनमा बर्दीको टिजर र गीत सार्बजनिक


सेलीब्रेटी नेपाल काठमाडौँ
bardi-team
संचारकर्मी कुमार आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर आफुले निर्माण गरेको चलचित्र ‘बर्दी’ को टिजर, र गीत सार्वजनिक गरेका छन् । काभ्रे जिल्ला बनेपा स्थित ग्राण्ड समर प्यालेस रिर्सोटमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ चलचित्र निर्माता छविराज ओझा, वितरक गोपाल कायस्थ, नेपाल चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसी, अरनिको टेलिभिजनका एम. डी शंकर अधिकारी, नेपाली कांग्रेस केन्द्रिय कार्यालयका सचिव डा. प्रदिप पराजुली र चलचित्रका कलाकारले संयुक्त रुपमा अडियो सार्वजनिक गरेका थिए ।
bardi-poster निर्माता ओझाले आचार्यको जन्मदिनका अवसरमा उनका छोरा प्रवेशलाई एभरेष्ट फिल्म एकेडेमीमा निशुल्क अध्ययन गराइदिने घोषणा गरे । प्रवेश फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा विजयविक्रम बस्नेतको निर्देशन छ । चलचित्रमा कुशल थापा, अनु शाह, विरेन डिसी, रुपा खनाल, भानुप्रताप, म्याण्डी बाबुलगायतका कलाकारको अभिनय रहेको छ । बर्दीमा गीता आचार्य, प्रवेश आचार्य र करुणा आचार्यको लगानी छ । गणेश श्रेष्ठको छायांकन, विकास चौधरीको संगीत, प्रदिप श्रेष्ठको नृत्य, रविन्द्र खड्का र साहिल खानको सम्पादन, कुमार महर्जनकेा द्वन्द्व रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.