हसाउने अनि रुवाउने लालजोडी ट्रेलर यस्तो छ


सेलीब्रेटी नेपाल काठमाडौँ
laljodi-nepali-movie
राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लालजोडी’को ट्रेलर सार्बजनिक गरिएको छ । सार्बजनिक ट्रेलरले दर्शकलाई हसाउनुको साथै रुवाउने पनि गर्छ । हसाउने अनि रुवाउने चलचित्र भदौ १७ मा सार्बजनिक प्रदर्शन हुँदैछ ।
दिलाशा क्रियशनको व्यानरमा बनेको चलचित्रमा ज्योति काफ्ले,रजनी केसी, आयुष्मा कार्की, बुद्धी तामाङ,पुरन थापा,किशोर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक लक्ष्मणले आफ्नो बल बुद्दिले सक्दो मेहनत गरेर उत्कृस्ट चलचित्र बनाएको र दर्शकले मन पराउने आशा व्यक्त गरे उनले भने ‘बैज्ञानिकले जस्तो आफुले परिक्षण गरि रहन सक्दिन यो चलचित्रले पैसा उठाएमा अर्को चलचित्र बनाउने छु नत्र फेरी चलचित्र बनाऊदिन ।’
फोटो-बसन्त पोखरेल

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.