सेलीब्रेटी नेपाल
बलिउड अभिनेता अभिषेक बच्चनले कुनै पनि चलचित्र नपाएको पछिल्लो समय चर्चाको विषय बन्दै आएको छ । त्यसो त उनले यसअघि गरेका केही चलचित्र खासै चलेनन् पनि । अरू कलाकार आफ्नो असफलताबारे यस्ता कुरा खासै बाहिर बताउन खोज्दैनन् । तर, अभिषेक आफूले पाएको असफलताले समस्यामा पारेको बारम्बार बताइरहेका छन् । सन् २००० मा ‘रिफ्युजी’ चलचित्रबाट करिअर सुरु गरेका अभिषेकले केही दिनअघिको अन्तर्वार्तामा भने, ‘मानिसलाई असफलता जरुरी हुँदो रहेछ । यसले जीवनमा धेरै कुरा सिकाउने रहेछ ।’ तर, अभिषेक यतिमै सीमित भएनन् । उनले असफलताका कारण पाएको दुःख पनि पोखे । उनले भने, ‘अहिले त मानिसहरू मेरो फोन पनि उठाउँदैनन् । फिल्म फ्लप भएपछि मलाई पत्याउन छाड्नेहरू पनि धेरै छन् अहिले म संग कुनै पनि फिल्म छैन । ‘