राजेश हमाल महिला भेषमा रातो सारी लगाएर तीज गीतमा छम छम नाचे


सेलीब्रेटी नेपाल काठमाडौँ
rajesh-hamal
राजेश हमालले महिलाको भेषमा रातो सारी लगाएर तीज गीतमा छम छम नाचेका छन् भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘शकुन्तला’को तीज बिशेस गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा एक नारायण भण्डारीका शब्द तथा संगीत छ भने जीवन परियार र केशु गुरुङ्को स्वर छ । यस गीतका कोरियोग्राफर शंकर बिसी हुन् । गीतमा शंकर आँफैले पनि नृत्य गरेका छन् भने राजेश हमालको साथमा नायक किशोर खतिवडा पनि देखिएका छन् ।

दिनेश श्रेष्ठ निर्देशित यो चलचित्रमा राजेश हमाल, अनु शाह, किशोर खतिवडा, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल, शिवन श्रेष्ठको लगायतको अभिनय रहेको छ । श्रीपसन खत्रीको प्रस्तुतीमा तयार भएको यस चलचित्रमा नायिका अनु रिपोर्टरको भुमिकामा देखा परेकी छिन् ।
सस्पेन्स कथाबस्तु भएको यो चलचित्रमा अर्जुन पोख्रेलको संगीत, अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन रहेको छ ।