ईनास एवार्ड सिक्किममा डेनी डेनजोङपा सम्मानित हुने


सेलीब्रेटी नेपाल काठमाडौँ
inas-4th-award
अन्तराष्ट्रिय कलाकार समाजले हरेक बर्ष आयोजना गर्दै आएको ईनास नेपाली फिल्म अवार्डको चौथो संस्करण नेपालीहरुको बाहुल्यता रहेको भारतको सिक्किममा हुने भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै इनास नेपाल कमिटीले उक्त घोषणा गरेको हो ।
आगामी नोभेम्बरको पहिलो साता सिक्किममा अवार्ड प्रदान कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा नेपाली चलचित्रका पुराना नायक तथा सिक्किम चलचित्र विकास वोर्डका अध्यक्ष उत्तम प्रधानको पनि उपस्थिती थियो । साथै, कार्यक्रममा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल, चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई, ईनास ग्लोबल अध्यक्ष पुष्प बरुवाल लगायतको उपस्थिती थियो ।
inas-award-sikkim
ईनास अवार्डको चौथो संस्करणमा बलिउडका चर्चित अभिनेता डेनी डेनजोङपालाई दिर्घ साधना सम्मान दिईने भएको छ । डेनीले थुप्रै चर्चित नेपाली गीत गाएका छन् भने केहि नेपाली चलचित्रमा पनि अभिनय गरेका छन् । ६८ बर्षीय डेनीले दुई सय को हाराहारीमा भारतिय चलचित्रमा अभिनय गरेका छन् ।