दोश्रो आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान कार्यक्रम


सेलीब्रेटी नेपाल काठमाडौँ
jyotiraj-rai
आदिवासी जनजाति मात्रृभाषा चलचित्र प्रबर्द्धन समिति द्वरा चलचित्र बिकास बोर्डमा दोश्रो आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान कार्यक्रम २०७३ सम्पन्न भयो । गत बर्ष देखि सुरु भएको यस कार्यक्रममा यस बर्ष देखि आदिबासी जनजाती चलचित्र क्षेत्रमा सकृय गतिबिधी गर्दै आएका एक जना ब्यक्तित्व लाई ” आदिवासी जनजाती चलचित्र प्रतिभा सम्मान ” दिने पनि घोषणा गरियो । यो बर्षको प्रतिभा सम्मान पुरस्कार मोफसलमा बसेर आदिबासी जनजाती चलचित्रमा लामो समय देखि सकृय योगदान पुर्याईरहेका तथा अहिले सम्म सबैभन्दा बढी भाषामा जनजाती चलचित्र, बृतचित्र निर्देशन गरि सकेका अरुन प्रधान लाई प्रदान गरिएको छ ।
aadibasi-janajati
त्यसै गरि उक्त अवसरमा २०७२ सालमा निर्माण भएर चलचित्र बिकास बोर्डमा दर्ता भएका उत्कृष्ट आदिबासी चलचित्रहरुलाई सम्बन्धित जातिय संस्थाको सिफारिसमा चलचित्रहरुलाई सम्मान गरियको छ । सम्मानित हुने चलचित्रहरुमा नेवारी समुदायको “कृशा गौतमि”, गुरुङ समुदायको ” कर्म क्या ” , किराँत राई समुदायको “यारी”ले प्राप्त गर्न सफल भयो कार्यक्रमको सभापतित्व ज्योति राज राईले गरेका थिए बिकाश बोर्ड अध्यक्ष राज कुमार राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथीमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, कलाकार संघ का अध्यक्ष रमकेसर बोगटी तथा निर्देशक जनकदिप पराजुलीले गरेका थिय।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.