चपली गर्ल विनिताको उपन्यास जुइनो सार्बजनिक


सेलीब्रेटी नेपाल काठमाडौँ
binita-baral-juino
चितवनबाट हिरोइन बन्नका लागि काठमाडौँ आएकी बिनिता बराल चलचित्र खेल्ने सपना पुरा गर्न सुरुमा उनले मोडलिङको सहारा लिइन्। केही वर्षको संघर्षपश्चात ‘चपली हाइट’ बाट ‘ब्रेक’ पाइन् र रातारात चर्चामा आइन्। चपली हाईट बाट उनले आफ्नो एउटा हाइट नै बनाईन तर त्यस पछीका कुनै पनि चलचित्र सफल भएनन् केही वर्षपछि उनी कृषितिर लागिन्। अहिले उनि लेखिका बनेकी छिन् उनले उपन्यास जुइनो सार्बजनिक गरिन् बिहिबार राजधानीमा सार्वजनिक पुस्तक जुइनो अभिनेत्री ऋचा शर्मा र लेखक स्वयं बरालले उपन्यास बेरिएको झिलझिले कागज खोलेर उपन्यास लोकार्पण गरे। कृति सार्वजनिकअघि अभिनेत्री शर्मा र लेखक बरालबीच उपन्यासमाथि अन्तरक्रिया भएको थियो। अभिनेत्री शर्माले आफूले जुइनो ठूलो आस नराखी पढेको र बराललाई अब लेखक भन्दा फरक नपर्ने बताइन् भने चितवनबाट आएर अभिनेत्री, कृषक हुँदै लेखक बनेको ‘कथा’ सुनाउँदै अन्तरक्रिया सुरु गरेकी बरालले करिब आधा घन्टा उपन्यासबारे बोलिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.