सलमानको सुल्तान बिबादमा मुद्दा दर्ता


सेलिब्रेटी नेपाल काठमाडौँ
इदको मौकामा रिलिज भएको फिल्म सुल्तानले पहिलो तीन दिनमा निकै सफलता हात पारेको छ । सलमानलगायत फिल्मको पूरा टिम फिल्मको सक्सेस पार्टी मनाइरहेका छन् । तर अब सलमानलगायतका अरु दुई व्यक्तिका लागि नराम्रो खबर छ । सलमान, अनुष्का शर्मा र फिल्म निर्देशक ए.अब्बासविरुद्ध मुद्दा दर्ता भएको छ ।
sultan salman anushkaa
मोहम्मद साबिर अन्सारी अर्थात साबिर बाबाले फिल्म आफ्नो जीवनमा आधारित भएको ठोकुवा गरेका छन् । उनले तीनै जानमाथि फिल्मको निर्माण गरेर २० करोड रुपैयाँको रोयल्टी हडपेको पनि आरोप लगाएका छन् । उनीहरु विरुद्धको मुद्दा सिजेएम कोर्टमा पुगेको छ । मुजफ्फरपुरमा बस्ने मोहम्मदले फिल्मको निर्माण सन् २०१० मा निर्माण भएको र निर्देशक ए. अब्बासले उनलाई यसबारे जानकारी दिँदै उनको जीवनमा आधारित भएका कारण उनलाई २० करोड रोयल्टी रकम दिने सहमती भएता पनि आफूले उक्तप रकम नपाएको आरोप लगाएका छन् ।