फरक गेटअपमा पर्शुरामको फष्ट लुक सार्वजनिक


सेलीब्रेटी नेपाल काठमाडौं
एक्सन प्रधान चलचित्र पर्शुरामको फष्टलुक सार्वजनिक गरिएको छ । प्रर्दशनको लागि तयार भएको यो चलचित्रले औपचारिक रुपमा प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । रोज राणाले नायक बिराज भट्ट लाइ लियर पर्शुराम बनाउने घोसणा गरे तर पर्शुराम पहिले नै दर्ता भएको थाहा पाए पछि पर्शुराम अघाडी जय थपेर जय पर्शुराम बनाए ।
parasuram
एनआर घिमिरेको निर्देशन रहेको यो चलचित्रमा किशोर खतिवडा, जान्वी बस्नेत, नवराज रावत, स्वस्ति क्षेत्री, शुशिल पोखरेल, घनश्याम गिरीको मुख्य भूमिका रहेको छ । चलचित्रका नायक किशोर खतिवडालाई पावरफूल भूमिका दिइएको छ । पोष्टरमा पनि किशोर खतिवडालाई मात्र देखाइएको छ ।आजसम्मकै फरक गेटअपमा देखिएका खतिवडाले यो चलचित्रबाट ठूलो अपेक्षा गरेको बताएका छन् । ब्ल्याक चिल्लि इन्टरटेनमेन्टको ब्यानरमा बलिभद्र रानाको प्रस्तुति यो चलचित्रलाई महेन्द्र बुढाथोकी, यादव सैघाली, राजभक्त राणाले निर्माण गरेका छन् । चलचित्रका सहनिर्माता पारस बस्नेत रहेका छन भने कार्यकारी निर्माता सबिन प्रियासन हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.