साउन २१ गते झिल्केले सुन्तली लाइ भगाउने दिन


सेलिब्रेटी नेपाल काठमाडौँ
Suntalilai-Bhagai-Lagyo-Jhilkey-le
कमेडी बेसमा निर्माण भएको चलचित्र ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ को शीर्ष गीत र प्रोमो सार्वजनीक गरिएको छ । राजधानीमा औपचारिक कार्यक्रम गर्दै चलचित्रको गीत तथा प्रोमो सार्बजनिक गरिएको हो निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र पूर्ण मनोरन्जनात्मक रहेको छ । आरबि मुभीजको ब्यानरमा निर्माण भएको चलचित्र साउन २१ गतेदेखि प्रदर्शन हुदैछ । चलचित्रमा सुशान्त कार्की.शिशिर भण्डारी,सुरजनी केसी, रिजा भुसाल, सुशील सिटौला लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रलाइ राहुल राइले छायांकन गरेका हुन् भने नवीन निरौलाले सम्पादन गरेका हुन् । चलचित्रमा गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.