लुकामारी प्रिमिएर पोखरामा सम्पन्न


पछिल्लो समय नेपाली चलचित्रको प्रिमियर गर्ने क्रम घटना थालेको छ अधिकांश नेपाली चलचित्रको प्रिमियर काठमाण्डौमा रेड कार्पेट ओच्छ्याएर गरिन्छ । रेड कार्पेट प्रिमियरमा नाम चलेका कलाकारको उपस्थिती बाक्लो हुन्छ तर, मोफसलमा कमै मात्र चलचित्रले आफ्नो पहिलो शो गर्ने गरेका छन् ।शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लुकामारी’को भने पोखरामा रेड कार्पेट प्रिमियर गरिएको छ । पोखराको सिने प्लेक्स हलमा आयोजना गरिएको भव्य प्रिमियरमा चलचित्रका कलाकारदेखि दर्शक पनि सहभागी भएका थिए ।
lukamari
काठमाण्डौबाट गएका कलाकार, पत्रकारको टोली प्रिमियरमा सहभागी भए । यस्तै, पोखराका केहि कलाकार र पत्रकार पनि भव्य रेड कार्पेट शोमा उपस्थित थिए । सुरजमान सिंह भण्डारीको निर्माणमा तयार भएको यो चलचित्रलाई श्रीराम दाहालले निर्देशन गरेका हुन् । चलचित्र हेर्नका लागि दर्शकले भने टिकट काटेका थिए। सिने प्लेक्सका दुई हलमा भरिभराउ दर्शक, पत्रकार र कलाकारका विच चलचित्र प्रदर्शन गरिएको थियो।

चलचित्रका मुख्य कलाकार सौगात मल्ल, कर्मा, सुरविना कार्की, विक्रम सिंह, जेवीडीसी लगायत शोमा सहभागी भए । यस्तै, निर्माता सुरजमान सिंह भण्डारी, निर्देशक श्रीराम दाहाल पनि चलचित्रको पहिलो शोमा उपस्थित थिए । म्यूजिक भिडियो छायांकनका लागि पोखरा पुगेकी नायिका अनु शाह र मोडल निराजन प्रधान चलचित्र हेर्न पुगेका थिए । पोखराकी नायिका रीश्मा गुरुङ पनि चलचित्र हेर्न हलमा पुगिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.