मिलनको चलचित्रमा नाजिर र बेनिषा


blind-rocks
चलचित्र हँसिया बाट नेपाली चलचित्र निर्देशनमा प्रवेश गरेका निर्देशक मिलन च्याम्प्सको तेश्रो चलचित्र ‘ब्लाईण्ड रक्स’को घोषणा गरिएको छ । मिलनले निर्देशन गरेको चलचित्र बिर बिक्रम प्रदर्शन हुन बाँकि नै छ । १६ बर्षको उमेरमा चिकित्सकको लापरबाहिका कारण ज्योति गुमाएकी भक्तपुरकी श्रृष्टि केसीको जीवनीमा निर्माण हुन लागेको चलचित्रमा नाजिर हुसैन,वेनिशा हमाल,गौरी मल्ल, अर्पण थापा लगायतको मुख्य अभिनय रहने छ ।

नेपाल र भारतमा छायांकन हुने चलचित्रमा हरि लम्साल र ताराप्रकाश लिम्बुको संगीत, रामकुमार केसीको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशन रहनेछा । चलचित्र ‘वीर विक्रम’कै निर्माता निकेश लिम्बुले निर्माण गर्न लागेको चलचित्रमा श्रृष्टिकै कथा लाइ प्रस्तुत गरिने छ। दृष्टिबिहिन श्रृष्टीले एसएलसीमा प्रथम श्रेणी, इन्टर लेबलमा नेपाल टप, ब्याचलर लेबलमा नेपालीमा नेपाल टप गरेकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.